आइतबार, वैशाख ७, २०८२

५ अंकले बढ्याे नेप्से, चार अर्ब ८६ करोडको शेयर किनबेच

नेपालखोज २०८१ पुष २१ गते १५:३७

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ५.३२ अंकले बढेको छ । आज नेप्से पाँच दशमलव ३२ अंकले बढेर २ हजार ५९१.५६ बिन्दुमा रोकिएको हो ।

नेप्सेमा आज ३२७ वटा कम्पनीको ६१ हजार १६७ पटकको कारोबारमा ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८६ करोड दुई लाख एक हजार ९७४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको शेयर कारोबार भएकोमा पाँच समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ७.७१ अंकले घटेर १ हजार ३८२.१४ अंकमा झरेको छ । उत्पादनमुलक समूहको सूचक ४०.६४ अंकले घटेर ६ हजार ६९०.१४ अंकमा झरेको छ ।

यसैगरी फाइनान्स, लघुवित्त र सामुहिक लगानी कोष समूहको सूचक क्रमशः ३०.४८, ७.३१ र शुन्य.१५ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक आज एक.१९ अंकले बढेर पाँच हजार २८९.७७ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक ५८.३४ अंकले बढेर तीन हजार ५३८.९७ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ३४.१८ अंकले बढेर १२ हजार ४३५.१२ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक ५.९४ अंकले बढेर १२ हजार ४५५.८४ अंकमा पुगेको छ ।

यि बाहेक होटेल तथा पर्यटन, लगानी, अन्य र व्यापार समूहको सूचक क्रमश: ३८.६०, शुन्य दशमलव ३८, एक.९४ र ५१.१४ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा पहिलो स्थानमा जानकी फाइनान्स परेको छ ।

प्रतिक्रिया