सोमबार, वैशाख ८, २०८२

सिलकोले दुई दिने अभिवृद्धि तालिम सम्पन्न

नेपालखोज २०८१ पुष २१ गते १६:२०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले दुई दिने अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

कम्पनीले यही पुस १९ र २० गते इँटहरिको होटेल बरन्डामा कम्पनीले कर्मचारी अभिवृद्धि (जनहाउस) तालिम सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त तालिमको उद्देश्य सिलकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्नु रहेको कम्पनीको भनाई छ । 

उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिको उपस्थित रहेको थियो, जसमा नेपाल बिमा प्राधिकरणका कोशी प्रमुख विनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नायव महा-प्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुखनारायण गौतम रहेका थिए । 
तालिम प्रशिक्षकमा बजार विभागका नायव महा-प्रबन्धक कवि राज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवस तिम्सिना, र मानव संसाधन विभागका प्रमुख शशि धर शर्मा रहेका थिए । प्रशिक्षकले विभिन्न र बिमा क्षेत्रका साथ अन्य समसामयिक विषयमा जानकारी दिएका थिए भने नेपाल बिमा प्राधिकरणका विनोद कुमार पोख्रेलले बिमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए । 

यस जनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीले सक्रिय सहभागिता  रहेका थियो । जसले सबै सहभागीलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्यो । यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको जानकारी दिएको छ । 

प्रतिक्रिया