अवैध लागूऔषध सहित तीन जना पक्राउ

धादिङको धुनीवेशी नगरपालिका–३ दमाहाढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ३५ ग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय ज्ञान बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका–१३ झलारी बस्ने २१ वर्षीय भुवन रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–२ आनन्दनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–२ बस्ने बैजनाथ गाउँपालिका–१ घर भएका २३ वर्षीय किशोर कुमार पाण्डे क्षेत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया