सोमबार, वैशाख ८, २०८२

लागुऔषधसहित ६ जना पक्राउ

नेपालखोज २०८१ पुष २४ गते १२:२९

काठमाडाैं । प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

झापाकाे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित पाँचथर मिक्लाजुङ गाउँपालिका-४ रवि बस्ने ३१ वर्षीय दिल प्रसाद राई र २९ वर्षीया स्मारिका नेम्बाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी वडा प्रहरी कार्यालय धरानको टोलीले धरान-१२ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया सम्झना लिम्बूलाई निषेधित औषधि १८२ चक्की र गाँजा १०० ग्रामसहित पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को ३३ प ९३०७ नम्बरको मोटरसाइकलसहित शहीदभूमि गाँउपालिका- ७ का ३९ वर्षीय निकेन्द्र राई र उनकी श्रीमती ३० वर्षीया निशा राईलाई पक्राउ गरेको हो ।

इलामको देउमाई नगरपालिका- ३ का ५० वर्षीय रमेश अधिकारीलाई औषधि ९२ चक्की ब्राउन सुगर १ ग्राम ७४० मिलिग्रामसहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया