सोमबार, वैशाख ८, २०८२

पोखरीमा डुबेर मृत्यु

नेपालखोज २०८१ पुष २४ गते १२:५८

डडेलधुरा । गन्यापधुरा गाउँपालिका–२ कालापानी गाउँ बस्ने गणेश मालीकी छोरी साढे २ वर्षीया रिया मालीको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको स्थानीय गणेशपुर स्वास्थ्य चौकी हुँदै डडेलधुरा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कंचनरूप नगरपालिका–८ स्थित सडकमा ग.२ ख ११७५ नम्बरको ट्रकले को.३३ प ७२४८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिदाँ मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने २९ वर्षीय सुनिल कुमार साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्र्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया