बैंकिङ प्रणालीबाट आज पनि ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता नियन्त्रणमा नआएपछि नेपाल राष्ट्र बैंकले आज बुधवार पनि बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा सङ्कुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो । यसअघि आइतबार मात्र राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तानेको थियो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि १४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती माघ नौं गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया