लस एन्जलस आगलागी : अहिलेसम्म ११ जनाको मृत्यु
नेपालखोज
२०८१ पुष २७ गते १२:१९

काठमाडौं । अमेरिकाको लस एन्जलस जंगलमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य ६ जनाको इटन आगलागीमा मृत्यु भएको बताए । मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको बीबीसीले जनाएको छ ।
लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकले निरन्तर काम गरिरहेका छन् ।
आगो पलिसेड्समा सबैभन्दा व्यापक छ । यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।
सम्बन्धित
प्रतिक्रिया