मकवानपुरको मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते
नेपालखोज
२०८१ पुष २७ गते १४:३२

काठमाडौं । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
शनिबार दिउँसो १ बजेमनहरी गाउँपालिका-६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते ८ जनालाई उपचारको लागि चितवनतर्फ पठाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया