श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
नेपालखोज
२०८१ पुष २७ गते १४:४२

काठमाडौं । श्रीलंकाले सन् २०२४ मा पर्यटनबाट करिब ३. १७ करोड अमेरिकी डलर कमाएको श्रीलंकाको केन्द्रीय बैंक (सिबीएसएल) को पछिल्लो तथ्यांकले देखाएको छ ।
यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्यांकले देखाएको छ ।
सिबीएसएल तथ्यांकले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ । श्रीलंका सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।
सम्बन्धित
प्रतिक्रिया