बुधबार, वैशाख १०, २०८२

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

नेपालखोज २०७७ भदौ ९ गते १४:३८

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेकाे हो ।  यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहनुहुने जानकारी प्रवक्ता जाओले दिए । रासस/एएनआई

प्रतिक्रिया