बिहीबार, वैशाख ११, २०८२

पाकिस्तानी प्रधानमन्त्रीले गरे महिला शिक्षामा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

नेपालखोज २०८१ पुष २८ गते २०:२६

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले महिलाहरूलाई शिक्षा सुनिश्चित गर्न र दिगो अवसरहरू सिर्जना गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्ने बताएका छन् ।

एक सम्मेलनलाई सम्बोधन गर्दै शरीफले भने, ‘शिक्षित महिलाहरूसँग आफूलाई आफ्नो परिवार र देशलाई गरिबीबाट बाहिर निकाल्ने मात्रै होइन, विश्वव्यापी अर्थतन्त्रका साझा चुनौतीहरूको समाधान खोज्ने क्षमता पनि छ ।’

बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नमा देखिएका चुनौतिहरुको बारेमा बोल्दै प्रधानमन्त्रीले बालिकालाई शिक्षा नदिनु भनेको उनीहरुको अधिकार र आवाजलाई वञ्चित गर्नु हो ।

शरीफले पाकिस्तान सरकारले बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको बताए । विशेष गरी पिछडिएका बालबालिकालाई र यस सम्बन्धमा धेरै पहलहरू पनि सुरु गरेको छ ।

युवा कार्यक्रमहरू मार्फत छात्रवृत्ति, व्यावसायिक तालिम र साइबर सुरक्षामा गुणस्तरीय शिक्षा, रोजगारी तथा अर्थपूर्ण अवसरहरू सिर्जना गर्न देश प्रतिबद्ध रहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया