एनसेलको सधैँ अनमा अब फ्रि अन लिमिटेड नाइट डेटा

काठमाडौं । एनसेलले आफ्ना सधैँ अन प्याक लिने ग्राहकलाई आकर्षक अन लिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अन लिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।
बिहीबार (पुष २५)बाट सुरु भएको यो योजना अन्तर्गत सधैँ अनका ३९९ रूपैयाँ बाट सुरु हुने वेस्ट र ७९९ रूपैयाँ बाट सुरु हुने अन लिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अन लिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतलब प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकले यो नाइट डेटा पनि पाउँछन् ।
सधैँ अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९ रूपैयाँ, ४९९ रूपैयाँ, ५९९ रूपैयाँका वेस्ट प्याक र ७९९ रूपैयाँ, ९९९ रूपैयाँ र १,४९९ रूपैयाँका अन लिमिटेड प्याक लिने ग्राहकले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधा बाहेक कम्पनीले यी प्याक लिने ग्राहकलाई पहिला नै अन लिमिटेड युट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।
२८ दिन भ्यालिडिटी रहेको वेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैँ अनको अन लिमिटेड प्याकका ग्राहकले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।
एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैँ अन योजना सञ्चालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोराउनु हो ।
प्रतिक्रिया