अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ गजुरमुखी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका–५ बस्ने २५ वर्षीय प्रकाश राजबंशी समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको दमक नगरपालिका–६ नयाँ सब्जी लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन २ सय ट्याब्लेट सहित सोही नगरपालिका–२ मामा चोक बस्ने २३ वर्षीय सुसन बन्जरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७ ग्राम ८ सय ५० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बस्ने ३५ वर्षीय अर्जुन श्रेष्ठ समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बैतडी सिगास गाउँपालिका–३ बस्ने २६ वर्षीय जनक सिह ढाँट लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ अदालत रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षीय बसन्त परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१० पुतलीलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीया मनिका बिक समेत २ जनालाई बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मनिकाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ डुम्मरगाउँ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भएका २२ वर्षीय राहुल बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
अछामको मंगलसेन नगरपालिका–५ मंगलसेन बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ क्याप्सुल, प्रि गाभा ८ क्याप्सुल र ईभा लेखिएको ५ क्याप्सुल सहित मंगलसेन नगरपालिका–५ बस्ने २२ वर्षीय प्रकाश बिश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने २२ वर्षीय अर्मान परियार भन्ने अर्जुन सुनारको कोठाबाट प्रिगाब्लिन ७४ क्याप्सुल फेला पारी उनी सँगै रहेका सोही ठाउँ बस्ने २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार समेतलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रमेशले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३२ हजार ५ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया