गाजा युद्धविरामस् सहायता अवरोध हटाउनु अत्यावश्यक रहेको राष्ट्रसङ्घका प्रमुखको भनाइ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउनु ‘अत्यावश्यक’ भएको बताएका छन् ।
गुटेर्रेसले प्यालेस्टिनी भूभागको ‘अखण्डता’को सम्मान गर्न र शान्ति कायम गर्न सक्षम ‘एकीकृत’ प्यालेस्टिनी नेतृत्व सुनिश्चित गर्न दबाब दिन पनि आग्रह गरे ।
उनले भने, ‘यो युद्धविरामले गाजाभरि सहायता वितरणमा महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु अत्यावश्यक छ । यसले तत्काल जीवन बचाउने मानवीय सहायतामा व्यापके वृद्धिका लागि सहयोग गर्न सम्भव हुनेछ।’
गुटेर्रेसले घातक द्वन्द्वमा युद्धविरामको आह्वानको नेतृत्व गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले वितरण गरेको सहयोगसहित युद्धग्रस्त क्षेत्रमा निर्बाध रूपमा सहायता प्रवाहको लागि विश्व समुदायको ध्यानाकर्षण गरेका छन् । राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले युद्धविरामले ‘आशा र अवसरको क्षण’ प्रदान गरेको बताएका छन् ।
‘हामी कुनै भ्रममा पर्नु हुँदैन कि बाँचेकाहरूलाई सहयोग प्राप्त गर्न अझै पनि कति गाह्रो हुनेछ। यो भन्दा बढी हुन सक्दैन,’ मानवीय सहायता प्रमुख टम फ्लेचरले एक विज्ञप्तिमा भनेको छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले यो सम्झौतालाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएको छ ।
युनिसेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धले गाजाका बालबालिकामा भयानक क्षति पुर्याएको छ, जसमा कम्तीमा १४ हजार ५०० बालबालिकाको मृत्यु भएको छ, हजारौं घाइते भएका छन्, अनुमानित १७ हजार आफ्ना आमाबाबुबाट अलग्गिएका छन् र करिब १० लाख विस्थापित भएका छन् । गुटेर्रेसले पत्रकारहरूसँगको कुराकानीमा नयाँ सम्झौतालाई ‘महत्वपूर्ण पहिलो कदम’ भनेका छन् ।
प्रतिक्रिया