सोमबार, वैशाख ८, २०८२

रुखबाट खसेर महिलाको मृत्यु

नेपालखोज २०८१ माघ ३ गते १५:१८

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए ।

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिए ।

प्रतिक्रिया