जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका–४ रामपुर बस्ने ४० वर्षीय सुरज खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला बस्ने ७७ वर्षीय डबल कठायतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७९ ग्राम ५ सय मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–१८ बस्ने २१ वर्षीय मोहन बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले गड्डाचौकीबाट बजारतर्फ जाँदै गरेको म.१ ह १३०५ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका–८ सिर्वानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित भोजपुर आमचोक गाउँपालिका–१ वासिङथर्पु बस्ने २५ वर्षीय दाजुङ्ग शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले मायुङ्गटारबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ज ३४९९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक शेर्पालाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय रमेश रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय गोबिन्द सिहं महरालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका–१३ बस्ने ३० वर्षीय सनम राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३३ वर्षीय हिमाल शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित वाणगंगा नगरपालिका–८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र सोही नगरपालिका–४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.८ प ७४४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र तनहुँ भिमाद नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।
पक्राउ मध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपैयाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–६ वर्दहवा बस्ने २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू बीच एकआपसमा झै–झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया