बिहीबार, वैशाख ११, २०८२

श्रीलंकामा बस दुर्घटना, ३५ भन्दा बढी घाइते

नेपालखोज २०८१ माघ ६ गते १६:३१

काठमाडाैं । श्रीलंकाको दक्षिणी प्रान्तमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाभन्दा बढी लाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छ जना गम्भीर घाइते भएका छन् र उनीहरुको मातरा जिल्लाको एक सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा पानी परिरहेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि दुर्घटना हुनुको खास कारण खुल्ने प्रहरीले बताएको छ ।

श्रीलंकामा सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएका छन् ।

श्रीलंकाका अधिकारीले यात्रुवाहक बसमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।

श्रीलंका सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारी भर्ती गर्न अनुमति दिएको छ।

प्रतिक्रिया