सोमबार, वैशाख ८, २०८२

‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आगामी शनिबार

नेपालखोज २०८१ माघ ९ गते १८:२४

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रुपैयाँ, तेस्रोले ७० हजार रुपैयाँ, चौथोले ५० हजार रुपैयाँ तथा पाँचौँ हुने खेलाडीले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किमी दौडमा पहिलो हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार रुपैयाँ, तेस्रोले ३० हजार रुपैयाँ, चौथोले २० हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले १० हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाैँ हुने खेलाडीले क्रमश: ३० हजार रुपैयाँ, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले २० हजार रुपैयाँ, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाैँ स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछ भने दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाउनेछ । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनअन्तर्गत महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया