मंगलबार, वैशाख ९, २०८२

कोरोना कहर : विश्वमा मृत्यु हुनेको संख्या ८ लाख २९ हजार नाघ्यो

नेपालखोज २०७७ भदौ ११ गते ७:२८

काठमाडौं । कोरोना भाइरस (कोभिड( १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वमा ८ लाख २९ हजार नाघेको छ । भने विश्वभर संक्रमितको संख्या २ करोड ४३ लाख नाघिसकेको छ ।

जसमा १ करोड ६८ लाख बढी उपचारपछि निको भइसकेका छन् । कोरोना भाइरस हाल विश्वका विभिन्न २१६ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख १५ हजार ३८ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ३७ लाख ५२ हजार ९६५ पुगेको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ १ लाख ४३ हजार बढीको ज्यान गइसकेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणबाट ६० हजार ६ सय बढीको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा १ लाख १७ हजार, रुसमा १६ हजार ६ सय बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया