सोमबार, वैशाख ८, २०८२

अछाममा बेपत्ता दुई किशोरीको शव फेला

नेपालखोज २०८१ माघ १३ गते ११:०९

काठमाडाैं । अछाममा शुक्रबारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन् ।

जिल्लाको ढकारी गाउँपालिका-८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका- १ मा रहेको छिन्ने जंगलमा फेला परेको हाे ।

बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो । खोजीका क्रममा उनीहरूको शव फेला परेको प्रहरीले जनाएकाे छ ।

किशोरीको शव अलग-अलग स्थानमा फेला परेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया