सोमबार, वैशाख ८, २०८२

विद्यालयको पाठ्यक्रममा चलचित्र बिषय समावेश गरिने

नेपालखोज २०७७ भदौ ११ गते १९:४५

काठमाडौं । विद्यालय तहका विद्यार्थीहरुको पाठ्यक्रममा चलचित्र विषय पनि समावेश गरिने भएको छ । आगामी वर्षदेखि विद्यालयको पाठ्यक्रममा चलचित्र समावेश गरिने भएको हो ।

नेपाल चलचित्र विकास बोर्डका अनुसार विद्यार्थीहरुलाई नेपाली चलचित्रको इतिहास र प्राविधिक लगायतका पक्षमा जानकारी दिने उद्देश्यले विद्यालयको पाठ्य पुस्तकमा चलचित्रलाई समेट्न लागिएको हो । बोर्डले पाठ्यक्रम विकास केन्द्रसँग चलचित्रलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरिसकेको छ । पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको अध्यक्ष दाहालले जानकारी दिए । क्याम्पस तहमा पनि पाठ्यक्रम समावेश गर्नेबारे छलफल भए पनि निष्कर्ष ननिस्किएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया