एडीबीले नेपालाई २० करोड अमेरिकी डलर ऋण दिने
नेपालखोज
२०७७ भदौ ११ गते २०:२५
काठमाडौं । नेपाललाई एसियाली विकास बैंक (एडीबी)ले २० करोड अमेरिकी डलर सहुलियत दरको ऋण दिने सम्झौता गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपाल र एडीबीबीच उक्त सम्झौता भएको हो ।
ऋणसँगै नर्वे सरकार र एडीबीको को–फाइनान्सिङमा नेपालले साढे ३ करोड अमेरिकी डलर अनुदान पनि पाउने भएको छ । दुवै रकम गरी नेपालले झण्डै २७ अर्ब रुपैयाँ प्राप्त गर्नेछ ।
उक्त ऋण दक्षिण एसियाली आर्थिक सहकार्य (एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यानवयनका लागि नेपालले पाएको हो ।
अर्थ सचिव शिशिर ढुंगाना र एडीबीका देशीय निर्देशक मुख्तोर खामदखानोभले सम्झौतामा हस्ताक्षर गरेका थिए भने परियोजना सम्झौतामा विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङ र खाम दखानोभले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया