पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
नेपालखोज
२०८१ माघ १९ गते १९:२५

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।
आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।
अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया