सोमबार, वैशाख ८, २०८२

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८१ माघ २१ गते १६:०८

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चितवन माडी नगरपालिका–१ घर भई मोरङ विराटनगर महानगरपालिका–३ हलेसी टोल बस्ने ४१ वर्षीया सरस्वती भन्ने शिवकुमारी सापकोटालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर साबिक नंखेल गाविस–१ काक्राबारीस्थित सडकमा २८ वर्षीया शान्ता घिमिरेलाई २०६५ भदौ २६ गते दिउँसो दाउ प्रहार गरी हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

सन्धिखर्क नगरपालिका–१ गुन्टेखोलास्थित सोही नगरपालिका–४ वाङ्ला बस्ने अशोक श्रेष्ठको पौरखी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५१ वर्षीय जुठे मिया समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १ लाख ३४ हजार ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अशोकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

करिब १ सय ७३ किलो २ सय ग्राम गाँजा बरामद

सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित कालिन्जोर खोलाको काँस घाँरीबाट अवैध लागूऔषध गाँजा करिब १ सय १० किलोग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उक्त स्थानमा प्लाष्टिकको २२ वटा पोकाहरूमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

बाराको सुवर्ण गाउँपालिका–३ बकतौराबाट अवैध लागूऔषध गाँजा करिब ६३ किलो २ सय ग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बा.प्रदेश–०२–०४१ प ५७३७ र ना.६३ प ३९८८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूले मोटरसाइकल र ४ वटा पोका फाली फरार भएपश्चात प्रहरीले ती पोकाहरू तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१० चौराहस्थित सडकमा लु.२ ख ८८६ नम्बरको ट्रकमा लु.९४ प ८५९४ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका–१० कालिकानगर शम्भुपथ बस्ने गुल्मी घर भएका ७२ वर्षीय धन बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरस्थित सडकमा ग.१ क ५८९६ नम्बरको टिपरले प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग.१८ प ७७५२ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार कास्की पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित सडकमा लोखरमबाट सिपुरतर्फ जाँदै गरेको प्र.२–०१–००१ त ०२०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय मुकेश कामैतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको कन्काई नगरपालिका–१ जुकेकल्भर्टस्थित सडकमा सुरूङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.४ प ९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक झापा गाउँपालिका–६ शरणामती बस्ने ५० वर्षीय हरि प्रसाद सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारे चोकस्थित सडकमा को.२८ प २२९३ नम्बरको मोटरसाइकलको ठक्करबाट मिक्लाजुङ गाउँपालिका–४ बस्ने ७० वर्षीय फौदसिंह बिकको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया