जर्मन बुन्डेसलिग दर्शक बिना खेलाइने तयारी
नेपालखोज
२०७७ भदौ १२ गते ९:३०
एजेन्सी । बुन्डेसलिगाको सुरुवाती खेल दर्शक बिना खेलाईने भएको छ । जर्मन सकारले कम्तिमा अक्टोबरको अन्तिमसम्म दर्शकलाई रंगशाला प्रवेशमा निषेध गर्ने भएको छ ।
जर्मन बुन्डेसलिगाको नयाँ सिजन सेप्टेम्बर ११ बाट सुरु हुदैछ ।
केही सिमित प्रशंसकलाई रंगशाला प्रवेशमा अनुमती दिने अपेक्षा गरिएको थियो । तर महामारीको रुपमा रहेको कोरोना भाईरसका कारण दर्शकले रंगशाला प्रवेश गर्न केही समय पर्खनुपर्ने भएको छ ।
जर्मनमा यसबर्षको अन्तिमसम्म ठुलो महोत्सवमा आम सर्वसाधारणलाई जान रोक लगाईएको छ । जर्मनको एक राज्य बाभारियाका प्रधानमन्त्री मार्कुस सोडरले सेप्टेम्बरमा दर्शक सहित फुटबल सुरु गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।
उनले संक्रमितको संख्या बढेको खण्डमा गलत सन्देश जाने बताए । कोरोना महामारीका कारण अबरुद्ध गत सिजन जर्मनमा सुरु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया