पेरिसमा एआई शिखर सम्मेलन सुरु
नेपालखोज
२०८१ माघ २९ गते १०:०७

विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ ।
‘हाल एआईको प्रयोगको वास्तविक समय हो,’ एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा बताए । उनले एआई विकासलाई पारिस्थितिक प्रयासहरूसँग मिल्नुपर्नेमा जोड दिए । साथै, उनले सहभागीहरूलाई सार्वजनिक हितमा हुने एआई एपहरूमा ध्यान दिन आग्रह पनि गरे ।
दुई दिने सम्मेलनमा झण्डै एक सय देशका प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका एक हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ । पहिलो दिन फोरमले एआई, इनोभेसन र ग्लोबल एआई गभर्नेन्स जस्ता विषयमा छलफल गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सम्बन्धित
प्रतिक्रिया