सोमबार, वैशाख ८, २०८२

सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो

नेपालखोज २०८१ माघ ३० गते ११:०१

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० ले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।

प्रतिक्रिया