भारतमा सेप्टेम्बर ७ देखि मेट्रो रेल चलाउन अनुमति
नेपालखोज
२०७७ भदौ १३ गते २१:४६
एजेन्सी । भारतको गृह मन्त्रालयले आगामी सेप्टेम्बर ७ अर्थात भदौ २२ देखि मेट्रो रेल चलाउन अनुमति दिएको छ ।
मन्त्रालयले हिजो अनलक(४ को दिशानिर्देश जारी गरेर मेट्रो रेल सेवा श्रेणीबद्ध रुपमा सुरु गर्न अनुमति दिएको हो । शैक्षिक संस्था भने बन्द नै रहनेछन् ।
सामाजिक, एकेडेमिक, खेल, मनोरन्जन, सांस्कृतिक, धार्मिक, राजनीतिक र अन्य कार्यक्रममा सेप्टेम्बर २१ बाट सञ्चालन हुने गरी अनुमति दिइएको छ । यी कार्यक्रममा अधिकतम १ सय मान्छे सहभागी हुनेछन् ।
मास्क, भौतिक दूरी, थर्मल स्क्रीनिङ अनिवार्य गरिएको छ । केन्द्र सरकारले जारी गरेको अनलक(४ सेप्टेम्बर ३० सम्म लागू हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया