बुधबार, वैशाख १०, २०८२

अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह

नेपालखोज २०८१ फागुन १ गते २०:२७

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकालाई उसका ‘गलत कदमहरू’ सच्याउन आग्रह गरेको छ । ‘आफ्नो शून्य–योग मानसिकता त्याग्न, आफ्ना गलत कामहरू सच्याउन, बहुपक्षीय व्यापार प्रणालीको सही मार्गमा फर्कन र अन्य देशहरूसँग समान स्तरमा परामर्शको माध्यमबाट सम्बन्धित चिन्ताहरू सम्बोधन गर्न काम गर्न चीनले अमेरिकासँग आग्रह गर्दछ,’ चिनियाँ वाणिज्य मन्त्रालयका एक प्रवक्ताले बिहीबार भने ।

स्टिल र आलुमनियमको आयातमा अमेरिकी कर वृद्धिबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हे योङकियानले नियमित पत्रकार सम्मेलनमा उक्त भनाइ राखेका हुन् ।

वास्तवमा, विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ)को एक समितिले सन् २०२२ को सुरुमा नै अमेरिकी करवृद्धिले डब्ल्युटिओ नियमको धारा २३२ उल्लङ्घन गरेको फैसला सुनाएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया