सोमबार, वैशाख ८, २०८२

बजार एन २५० को लन्चसँगै स्पिड फेस्ट २०२५ सम्पन्न

नेपालखोज २०८१ फागुन ४ गते १६:२४

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ ।

मोटरसाइकल प्रेमीको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपर बाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्यान्ड द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रम समावेश थिए । उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको थियो ।

त्यसैगरी यस वर्षको स्पिड फेस्टमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि. द्वारा वितरित बजार, केटिएम डुक, र ट्रायम्फ ब्रान्डका मोटरसाइकलको विशेष सहभागिता रहेको थियो । 


बजार एन २५०: शक्ति, प्रदर्शन र नवीनताको प्रतीक
बजार एन २५० को भव्य लन्च स्पिड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ ।

बजार एन २५० मा २४.५ पिएस् पावर दिने २४९ सिसी सिङ्गल-सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल-कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ । बजार एन २५० को लन्चले बाइकप्रेमीलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो । 

स्पिड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवर्द्धन गर्न सफल भएको आयोजकले बताएका छन् । हंसराज हुलासचन्द एन्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइक प्रेमीका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्ट ल्याउने प्रतिबद्धता जनाएको छ । 

प्रतिक्रिया