११.९१ अंकले बढ्यो नेप्से, १० अर्ब ४३ करोडको कारोबार

काठमाडौं । नेप्से बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ११.९१ अंकले बढेर २ हजार ७३९.८२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स ०.१७ अंकले बढेर ४५९.८८ अंकमा पुगेको छ ।
३१४ कम्पनीको ९९ हजार ५८५ पटकको कारोबारमा आज एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर खरिद-बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएका छन् । जसमध्ये सात वटा समूहको सूचक घटेका छन् भने बाँकी समूहको सूचक बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक ३.१० अंकले बढेर १ हजार ३९०.९८ अंकमा पुगेको छ भने जीवन बिमा समूहको सूचक २३०.०४ अंकले बढेर १३ हजार ४१६.८९ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ३९.२७ अंकले बढेर १२ हजार ८९७.६३ अंकमा चढेकोमा लगानी, अन्य र व्यापार समूहको सूचक बढेका छन् ।
आज विकास बैंक समूहको सूचक भने १०१.७३ अंकले घटेर पाँच हजार ७१४.३३ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ५.१६ अंकले घटेर तीन हजार ८००.६३ अंकमा पुगेको छ । फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समूहको सूचक आज घटेका छन् ।
नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया