सोमबार, वैशाख ८, २०८२

संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहालको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो सहित)

नेपालखोज २०७७ भदौ १४ गते १९:५२

काठमाडौं । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौं नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहुसँग ऋण लिएर परदेशी भुमीमा श्रम गर्न विवश हजारौं युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।

रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन् । सुशिल डाँगी र राहुल राईको छायांकन, अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । “पैसाको अभाव” गीतको भिडियोमा सारिका केसी, जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमिकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।

प्रतिक्रिया