आइतबार, वैशाख ७, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

नेपालखोज २०८१ फागुन ८ गते १४:१५

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैया चोकस्थित सडकमा मे.१ त ५०३३ नम्बरको ट्याक्टरले किचेर मधेश प्रदेश ०३–०२८ प ००२० नम्बरको मोटरसाइकलमा सवार पर्सा वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मी बस्ने सुनिल पटेलकी छोरी ३ वर्षीया वर्षा पटेलको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका–४ बलिपोखरास्थित सडकमा सिमल्दीबाट प्रभासतर्फ आउँदै गरेको लु.९१ प ३४८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ सिमल्दी बस्ने ८५ वर्षीय डिल बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहाको सिरहा नगरपालिका–२२ औरहा चोकस्थित सडकमा सन्हैठाबाट औरहातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२२ औरहा बस्ने ४५ वर्षीया दुखनी सदाको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरस्थित सडकमा हाल नम्बर नखुलेको रथगाडी र प्रदेश २–०२–००३ प ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइलमा सवार सोही नगरपालिका–९ बरमझिया बस्ने २८ वर्षीय अजय यादबको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल जनकपुरमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको स्थानीय चारनाथ पोलिक्लिनिकमा उपचार भइरहेको छ । हाल फरार रथ गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रे, तेमाल गाउँपालिका–३ कुन्डोलस्थित सडकमा ना.४ ख ८८१७ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय राम सिङ तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बस चालकलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु

धनगढीमाई नगरपालिका–७ फुलकाहा बस्ने ४० वर्षीया संगिता महतोको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा जडान गरिएको विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेट्रो मेघा हेल्थ केयर कसाहामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया