विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
नेपालखोज
२०८१ फागुन १२ गते ८:०९

काठमाडौं । दुईवटा समितिको बैठक आज बस्दै छ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२:३० बजे बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १२:४५ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन– २०८१ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया