आइतबार, वैशाख ७, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ फागुन १२ गते ११:१८

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया