आइतबार, वैशाख ७, २०८२

स्रोत नखुलेको रकमसहित पक्राउ

नेपालखोज २०८१ फागुन १४ गते १०:४७

काठमाडाैं । सर्लाहीकाे मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको रकम ७ लाख ५८ हजार ३१० रूपैयाँसहित एकजना पक्राउ परेकाे छ

भारत बिहार सितामाढी ग्राम पञ्चायत बिसनपुर–१५ बस्ने २२ वर्षीय चन्दन कुमार महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एबि ९१८३ मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया