एकीकृत समाजवादीले गर्याे आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदलमा महासचिव भुसालका साथै मेटमणी चौधरी, रामकुमार भट्टराई, शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, बिजय पौडेल र रामकुमारी झाँक्री रहेका छन् ।
कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटि अन्तिम रुप दिन बरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उहाले बताए ।
बैठकले पार्टीलाई एकतावद्ध भएर अघि बढाउने निर्णय गर्दै केन्द्रीय कमिटीका निर्णयहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया