बिहीबार, वैशाख ११, २०८२

ल्होसारले सामाजिक सद्भाव बढाउने

नेपालखोज २०८१ फागुन १६ गते १०:५३

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सामाजिक सद्भाव बढाउनका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएका छन् ।

शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् ।

सन्देशमा उनले शेर्पा जातिको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा विकासमा टेवा पुर्याउनका साथै एकापसमा प्रेम, सद्भाव र आत्मीय भावना अभिवृद्धि गर्न यो पर्व उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया