मंगलबार, वैशाख ९, २०८२

भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु

नेपालखोज २०८१ फागुन १७ गते १९:२९

नयाँदिल्ली । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी)को मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो । प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।

‘घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,’ एक प्रहरी अधिकारीले बताए ।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया