आइतबार, वैशाख ७, २०८२

कंगनाद्वारा अभिनित फिल्म ‘तेजस’ को सुटिङ डिसेम्बरबाट शुरु हुँदै

नेपालखोज २०७७ भदौ १६ गते १७:५२

एजेन्सी । बलिउडकी चिर्चित अभिनेत्री कंगना रनोटको नयाँ फिल्म ‘तेजस’ को सुटिङ डिसेम्बरदेखि गर्ने तयारी गरिएको छ ।

भारतिय मिडियाकाअनुसार डिसेम्बरबाट सुटिङ शुरु हुने यस फिल्ममा कंगना लडाकु विमानको पाइलटको भूमिकामा देखिदैछिन् । फिल्म ऐतिहासिक घटनाबाट आधारित हुनेछ ।

कंगना यस फिल्ममा एक साहसी र निडर फाइटर पाइलट बनेकी छिन् । उनलाई वास्तविकमा पनि एउटा निडर अभिनेत्रीका रुपमा लिइन्छ । सर्वैश मेवाडाले निर्देशन गर्ने यस फिल्मको पोष्टर पनि केही समयअघि सार्वजनिक भएको थियो ।

उक्त पोष्टरमा कंगना फाइटर पाइलटको ड्रेसमा देखिएकी छिन् । अभिनेत्री कंगनाले आफु वायु सेनाको पाइलटको भुमिका निभाउन पाउदा खुशी लागेको बताएकी छिन् ।

प्रतिक्रिया