शनिबार, वैशाख ६, २०८२

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !

नेपालखोज २०८१ फागुन १८ गते १३:३९

काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकले यस क्याम्पेन अन्तर्गत ६० प्रतिशत सम्मको छुट, नि:शुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचर प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

क्याम्पेन अवधिभर, दराजका ग्राहकले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटको लाभ लिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डमा ६० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफर हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकलाई दराज एपको ‘फ्ल्याश सेल’ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकले थप आकर्षक अफरको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ ।

तर, यसका लागि दावी योग्यता र मापदण्ड अनुरूप हुनु पर्नेछ । ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले कम्तीमा ४९९ रूपैयाँको खरिद गर्दा चुनिएका विक्रेता बाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् । निःशुल्क डेलिभरीका भाउचर प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सक्नुहुनेछ ।

३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र भनइ, उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइ रहेको कम्पनीको भनाइ छ । क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनमा अविश्वसनीय अफर उपलब्ध रहने जानकारी दिइएको छ ।

दराज ग्रुपबारे जानकारी
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमार मा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । ५० करोड भन्दा बढी जनसंख्या रहेको र तीव्र रूपमा बढ्दो बजारलाई लक्षित गर्दै दराजले अनलाइन बजार, लॉजिस्टिक्स, भुक्तानी तथा वित्तीय सेवा को समन्वय गर्दै एकीकृत पूर्वाधार निर्माण गरेको छ । दराजको उद्देश्य व्यापारको माध्यमबाट दक्षिण एसियाली समुदायलाई सशक्त बनाउनु हो ।

प्रतिक्रिया