मधेश कृषि विश्वविद्यालयका उपकुलपति महतो र राजिष्ट्रार ठाकुर बर्खास्त

काठमाडाैं । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति महतो र राजिष्ट्रार ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले असोज ७ गते बुझाइएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको एक सदस्यले बताए ।
दिउँसो १२ बजेदेखि जनकपुरको एक होटेलमा चलेको विश्वविद्यालय सभा राति ११ बजेसम्म चलेको थियो । सभामा विश्व विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत विश्व विद्यालय सभाका पदाधिकारी तथा सदस्य सहभागी थिए ।
प्रतिक्रिया