बिहीबार, वैशाख ११, २०८२

आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेश : उपप्रधानमन्त्री

नेपालखोज २०८१ फागुन २१ गते १८:३७

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तापलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

यसअघि नेकपा ९माओवादी केन्द्र० का सांसद रणेन्द्र बरालीले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकृत गरियोस्’ भन्ने सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको ।

अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्ने क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न, लगानी अभिवृद्धि गर्नेगरी सरकारले विधेयक ल्याएको स्पष्ट पारे ।

उनले कालोबजारी ऐनमा रहेको विद्यमान प्रबन्धलाई केही संशोधन गरी उपभोक्ताको हकमैत्री बनाउने गरी विधेयक ल्याइएको बताए । यसअघि अध्यादेश अस्वीकृत गरियोस् भन्ने सूचना प्रस्तुत गर्दै सांसद बरालीले व्यावसायिलाई लाभ हुने गरी अध्यादेश आएको जिकिर गरे ।

अध्यादेश संसदीय मर्यादाको हितविपरीत आएको दाबी गर्दै राज्यको कोष सबल पार्नुपर्ने आवश्यकता औंँल्याए । उक्त अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचनाका सम्बन्धमा माओवादीकै नारायणी शर्माले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विरोधको सूचनाको समर्थन जनाए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले अध्यादेश संसद् छलेर ल्याइएको भन्दै अध्यादेश अस्वीकारको प्रस्तावलाई स्वीकार गरे

प्रतिक्रिया