बिहीबार, वैशाख ११, २०८२

कडा रोगका बिरामीलाई कोशी सरकारले रकम वितरण गर्ने

नेपालखोज २०८१ फागुन २३ गते ११:१४

काठमाडौं । कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ ।

शुक्रबार बसेको कोशी प्रदेश सरकारको‌ मन्त्रिपरिषदको बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं कोशी प्रदेश सरकारका प्रवक्ता रेवती रमण भण्डारीले यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने बताए ।

बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको उहाले बताए ।

त्यस्तै प्रदेशमा आउनुभएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया