‘ए’ डिभिजन लिग अन्योलमा
नेपालखोज
२०७७ भदौ १७ गते २०:१४
काठमाडौं । कोरोना भाइरस महामारीका कारण बढ्दो लकडाउनले गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्योलमा परेको छ । २०७७ सालको लिग समय नजिकिँदै गर्दा यस सिजनको लिग हुने नहुनेको अन्योल रहेको बताइएको छ ।
गत वर्षको लिग सर्कल पूरा नभएको भन्दै यस वर्षको ‘ए’ डिभिजन लिग नहुने सम्भावना रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।
उँहाले बाँकी रहेका लिग खेल पूरा गर्नुपर्ने चुनौती रहेकाले ‘ए’ डिभिजन लिगको नयाँ सिजन अन्योलमा रहेको बताए । अध्यक्ष शेर्पाका अनुसार ‘बी’ र ‘सी’ डिभिजन लिग, नेसनल लिग, महिला लिग र युथ प्रोग्रामहरू सक्न बाँकी नै छन् । यिनीहरू सक्न चैतसम्मका लागि समय रहेको उनको भनाई छ ।
सम्बन्धित
प्रतिक्रिया