बुधबार, वैशाख १०, २०८२

‘सरकारका कारण प्रतिक्रियाबादीहरुले टाउको उठाउने मौका पाए’

नेपालखोज २०८१ फागुन २६ गते १८:४१

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण प्रतिक्रियाबादीहरुले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियाबादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् ।

यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रीत हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए । गणतन्त्रवादीहरु एक भएर अघि बढ्ने बिषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिद्धाउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडी फर्कन नसक्ने बताए । उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गरे ।

नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारी स्वरुप छलफल भएको बताए ।

उनले देश अप्ठेरो अवस्थामा ढकिलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट शसक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए । उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए ।

प्रतिक्रिया