मन्त्री उपस्थित नभएपछि १५ मिनेटका लागि संसद बैठक स्थगित
नेपालखोज
२०८१ फागुन २८ गते ११:५२

काठमाडौं । सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया