भूमिहिन दलित र सुकुम्बासीलाई सरकारले लालपुर्जा बितरण गर्छ : मन्त्री अधिकारी

काठमाडौं । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पुरा गरेर लालपुर्जा बितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराए ।
भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरुपमा आयोजना गरेको भूमिहिन सुकुम्बासी एवं बहुआयामिक गरिब दलित समुदायका लागि भूमि बितरण र गरीबी निवारणका सवाल : संवैधानिक अधिकारको प्रश्न बिषयक कार्यशाला गोष्ठीमा मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहिन, दलित र सुकुम्वासीलाई कानुनी प्रक्रिया पुरा गरेर बास्तविक भूमिहिनलाई जग्गा बितरण गर्ने प्रक्रिया अघि बढाएको स्पष्ट पारे । दलित समुदायले बषौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफु जानकार रहेको मन्त्री अधिकारीको भनाई छ ।
उनले अहिले जारी भएको भूमि अध्यादेश दलित, भूमिहिनहरुको समस्या समाधानका लागि सहजिकरण गर्न ल्याइएको बताए ।सोहि कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रभु हजारा पासवानले देशभरकै भूमिहिन दलितको भूमि समस्या समाधानका लागि यो सरकारले परिणममुखी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भूमि क्षेत्रका दलित अधिकारीकर्मीको सहभागीता रहेको थियो ।
प्रतिक्रिया