सोमबार, वैशाख ८, २०८२

चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण

नेपालखोज २०८१ फागुन २९ गते १६:५२

काठमाडौं । चीनले गत वर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी हरियाली बनाउने प्रयासलाई तीव्र पारेको राष्ट्रिय हरित आयोगको प्रतिवेदनले उल्लेख गरेको छ ।

यो सङ्ख्या सन् २०२३ मा प्राप्त ३.९९८ मिलियन हेक्टर वनीकरण भन्दा बढी हो, आयोगले जनाएको छ ।

चीनले बुधबार आफ्नो ४७औं राष्ट्रिय वृक्षारोपण दिवस मनायो । प्रतिवेदनले सन् २०२४ मा देशले ३.२२४ मिलियन हेक्टर क्षतविक्षत घाँसे मैदानको पुनस्र्थापना र २७.८३ मिलियन हेक्टर बालुवा र चट्टानी जमिनलाई सुधार गर्ने उल्लेख गरेको छ ।

गत वर्ष चीनको वन तथा चरन उद्योगको उत्पादन मूल्य १०.१७ ट्रिलियन युआन ९लगभग १.४२ ट्रिलियन अमेरिकी डलर० पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९।६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा २.७६ बिलियन पारिस्थितिक पर्यटन यात्राहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले बढेको छ ।- आइएनएस

प्रतिक्रिया