सोमबार, वैशाख ८, २०८२

जर्मनीको रक्षा खर्च बढाउन ढिलाइ गर्नु गैरजिम्मेवारीपूर्ण हुने : मर्ज

नेपालखोज २०८१ फागुन २९ गते २१:४५

काठमाडौं । जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले देशको सेनालाई बलियो बनाउन थप खर्चलाई छिटो स्वीकृत गर्न असफल हुनु अन्तर्राष्ट्रिय अशान्त परिस्थितिलाई ध्यानमा राख्दै गैरजिम्मेवारीपूर्ण हुने बताएका छन् ।

दुई तिहाइ बहुमत आवश्यक पर्ने उक्त योजना पारित गर्न यसमाथि छलफल गर्न महत्वपूर्ण संसदीय बहसको सुरुमा बोल्दै मर्जले रक्षा खर्च उठाउन थप ढिलाइ गर्नु गैरजिम्मेवार हुने बताए ।

युक्रेन र उसका युरोपेली मित्रराष्ट्रहरूसँग संयुक्त राज्य अमेरिकाको बिग्रँदो सम्बन्धतर्फ इङ्गित गर्दै मर्जले भने, “हामी हाम्रो देशको इतिहासमा गहिरो परिणामका साथ निर्णयको अगाडि उभिन सक्छौँ ।”

मर्ज र उनको मध्य-दक्षिणपन्थी सीडीयूरसीएसयू गठबन्धनले गत महिना भएको आम निर्वाचनपछि सम्भावित गठबन्धन सरकारका लागि ‘सेन्टर-लेफ्ट सोसल डेमोक्र्याट्स ९एसपीडी०’ सँग छलफल गरिरहेको छ ।

गत हप्ता दुवै पक्षले संयुक्त रूपमा जर्मनीको संवैधानिक रूपमा निर्धारित ऋणबाट रक्षा खर्चलाई छूट दिनुका साथै पूर्वाधारलाई बढावा दिने ठूला खर्च प्याकेजका लागि योजनाहरू प्रस्तुत गरेका थिए ।

नयाँ संसद्मा अति दक्षिणपन्थी र अति वामपन्थी मिलेर योजनालाई रोक्न सक्नेछन् ।

प्रतिक्रिया